चानुवालाई शिरमा राखि , बगि रहने कोशी
ज्ञान , गुण , शिक्षा बाडौं , हुन्नन खाने शोषि
पिपल र बरको छायाले
फर्की आए म त हजुर गाउको मायाले |
सुन्दर शान्त रमाइलो छ , मेरो गाउँ हेर्न
जहाँ बसे नि लागौ हामी , जन्मभुमी फेर्न
घुम्दैफिर्दै जाऊ है बनैमा
गाउको बिकाश गर्ने हजुर राखौं मनैमा |
सिम सिम पानी परयो , साउनको बेला
खुशी हुन्छन गाउले सबै , जान पाउदा मेला
झुल्क्यो घाम डाडा पाखैमा
मातृभूमी प्यारो हजुर , मरौ काखैमा |
वडा वडा बाटो घाटो , बिजुली र पानी
कृषी बिकास गरौ हजुर असल मल बिउ छानी
ज्ञान सीप बाडौं गावैमा
कृषी बिकास गरौ हजुर यहि ठावैमा |
बस्दिन म मुग्लानी भै , फर्कि आउछु चाडै
सीप जागर लाउछु हजुर ढिडो रोटो खादै
पिपल र बरको छायाले
फर्कि आए म त हजुर गाउको मायाले ||
डम्बर पौडेल चानुवा -८ ,धनकुटा
हाल :- कतार
(पुरानो कबिताको डायरीबाट , केहि शब्द नमिलेका पनि छन् क्षमा प्रार्थी छु )
No comments:
Post a Comment