कल्पना - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 5, 2012

कल्पना


दुई खोला मिले पछि बन्ने रैछ दोभान 
कल्पनामा डुब्दा डुब्दै रुदो रैछ यो मन 
सम्झाई देऊ हिमाल तिम्रो स्वच्छ तनले 
पलपलमा सताउदो भो मायालु त्यो मनले |
धेरै नदी मिले पछि बन्ने रैछ सागर 
सम्झनाले ब्याकुल भई मर्दो रैछ जागर 
खबर देऊ चरी तिमी फर्कि आउनु भनेर 
फुलमाला गासि राख्छु आउने दिन गनेर |
बगैचामा फुल फुले चल्ने रैछ बासना 
सयौँ जीबन बाच्ने रैछन फर्की आउने आशामा |
डम्बर पौडेल 
चानुवा -८ ,धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here