हतार मलाई भा'को छैन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 22, 2012

हतार मलाई भा'को छैन


तिमी जति मन मिल्ने, अरु कोहि पा'को छैन ।
धड्कन भित्र तिमीमात्र, छोडि कतै गा'को छैन ।

तिमी भए पुग्छ मलाई, चाहिंदैन कोहि पनि,
कसम तिम्रो आजसम्म, अन्त नजर ला'को छैन ।

धेरै आए ज्यानै दिने, मत मर्छु तिमी प्रति,
खाए कसम कतिले, मैले कसम खा'को छैन ।

तिमीभन्दा बाहेक कोहि, सोच्ने फुर्सद छैन मलाई,
ठाउँ छैन कतैपनि, अरु मनमा बसा'को छैन ।

तारा झार्ने बाचाहरु, गरिंदैमा हुन्न मायाँ,
विस्वास गर्छु तिमीमा, मठ मंदिर धा'को छैन ।

खुसि छु म धेरै आज, प्रस्ताबको स्वीकृतिले, 
कुर्छु तिम्लाई जतिपनि, हतार मलाई भा'को छैन ।

-------------------------------------------
गजलकार ~ राम शरण श्रेष्ठ 
चिसापानी गा।वि।स। बडा नं- ६, तल्लो टोल,
रामेछाप ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here