‎"भुईको धुलो" - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 19, 2012

‎"भुईको धुलो"


म त खाली भुईको धुलो मात्र हु
उडाउछ हावाले कुल्छिंन्छ्न साराले
कुना काप्चामा गएर अड़किनु पर्छ 
चन्द्रमाको कुरै छाड जिस्काउछ ताराले

आफ्नो अस्तित्व बचाउन संघर्ष मै छु
कतिन्जेल थेगुला खै यस्तो पाराले

सिंगले मात्र हाने हुन्थ्यो नि बरु 
चिथर्न नै आउछन नग्रा र दाराले 

किनारा लागी बाटो छोडेको नै छु
अझै रेटन आउछन यी ज्यानमाराले 

अरुलाई मात्र दोष के देऊ म खै 
म जस्तो भाग्य अनि कर्म हाराले 
**********************
Copyright@Saagar Silwal

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here