बिदेशमा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 20, 2012

बिदेशमा












बिदेशमा एक्लै रुदैछु प्रिय
पसिनाले शरिर धुदैछु प्रिय |
दिन रातै कामको छ पेलाई 
भेडीगोठको नोकर हुदैछु प्रिय |
डर लाग्छ सम्झिदै साहुको रिन 
अरबीको जुठो भात छुदैछु प्रिय |
गाली गर्छ मालिकले हकार्दै 
शीर झुकाई नुहुदैछु प्रिय |
गर्मी धेरै बालुवाको ताप छ 
भेडीगोठ मै कुहुदैछु प्रिय |

**************
डम्बर पौडेल 
चानुवा -८ , धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here