एक दिन बस स्टपमा धेरै बेर देखि टोलाई रहेको केटीलाई गएर सोधेः हजुरलाई कहाँ जानु पर्ने भनेर सोधे ।
तर उसले मलाई जवाफ दिनुको सट्टा ठुला ठुला आँखा तरीन ।
अर्को दिन एकजना साथीले पल्सर बाईक लिएर आए र हामी घुम्न हिडयौ ।
हामी बिच कुरा भयो मैले भनेः हेर्न केटी पनि कस्ता कस्ता हुन्छन । मैले राम्रो कुरा सोध्दा पनि आँखा तरयो । यो कुरा सुने र उसले भन्योः अब हेर चर्तिकला.....उसले ब्रेक लगायो र बाईक रोक्यो ।
ल साथी तँ ओर्लि त..... । म खुरुक्क ओर्लिए । केही पर पुगे पछि एउटा उभि रहेको केटी छेउमा बाईक रोक्यो के भन्यो कुन्नी केटी बाईकको पछि बसीन । बाईक हुईकियो । म त टवाल्ल परे ।
-TB Pakhrin
Kathmandu, Nepal
No comments:
Post a Comment