गजल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 21, 2012

गजल


मैले माया गरेको थिए फसाउन खोज्या थिएन काली |
तिम्रो मुटुमा छुरा धसाउन खोज्या थिएन काली||

मेरो बास्ताबिकता नबुझी तिमि दुर गएउ |
मायाको धोका डोरी कसाउन खोज्या थिएन काली 

कति रात जागई बसे आशु बगाउदै म |
मेरो कस्सम झुटो माया बसाउन खोज्या थिएन काली ||

मेरो आखामा आशु हेर कति बगेको छ काली |
बिन्ति गर्छु आशुको भेल पसाउन खोज्या थिएन काली ||

म बिना तिमि बाच्ने भए हुन्छ बाच है |
तर मैले साचो माया रसाउन खोज्या थिएन काली ||

तिम्रो जिबन फलोस फुलोस मेरो कामना छ |
मायाको निसानी मैले खसाउन खोज्या थिएन काली ||

अरुकै साथ खोजि मलाइ छोडी गएउ काली |
तिमि छोडी कसैको माया भसाउन खोज्या थिएन काली ||

अनिल बराल "गरिब चिराग अछुत "चरम्बी =५ मिलन बस्ति भोजपुर 
हाल = दोहा कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here