- बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 23, 2012


साह्रै मज्जा हास्दै खेल्दै त्यो धान रोपेको
कहिँ भल्छु ? हिलो छ्याप्दै आखालाई छोपेको |

सँग सँगै जाऊँ मिली मेला र पातमा
कहिँ भुल्छु ? कसम खाई यो माया खोपेको |

हाम्रो मिलन देखि जल्छन डाह र इर्श्यामा
कहिँ भुल्छु ? हितको माया नगर भन्दै रोकेको |

साथ सहयोग सबै दियौं भरोसा गरेर
कहिँ भुल्छु ? बिरामीमा पिठ्युँमा बोकेको |

सातै जुनी जन्मे पनि म तिम्रै छु अब
कहिँ भुल्छु ? मायालु भैं गालामा टोकेको |

डम्बर पौडेल
चानुवा -८, धनकुटा
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here