माया - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 2, 2012

माया


भर्दै गए माया कहिल्यै , मुटु भरिएन 
धेरै राखे सडला ठान्थे , फेरी सडिएन 
जति दियो उति थापौँ , लाग्दो रैछ माया 
त्याग्न खोजे साथ साथै , हिड्दो रैछ छायाँ |

चौतारीका बर पिपल नि एक दिन सुकी मर्छन 
जिन्दगीका माया भने जुनी जुनी सर्छन 
मेटाएर राख्न पनि नसकिने रहेछ 
किन होला माया प्रिती अजम्बरी भएछ |

नदी जस्तै बग्छ माया , जहा गए नि हुन्छ 
सागर जस्तै शान्त राख्दा , छाल बनि छुन्छ 
समुन्द्रमा भरिएन , पुर्दा माया पुरिएन 
सयौं जुनी साथमै मायाँ , कहिँ कतै तुरिएन |
******************************
डम्बर पौडेल 
चानुवा -८ , धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here