पिडालाइ अवसरमा परिणत गराै‌ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 14, 2015

पिडालाइ अवसरमा परिणत गराै‌

















चौध जिल्लामा भुईंचालोले सताको केहि दिन,
ताप्लेजुङमा बाढि आयो दुखिको ज्यान लिन,
सारा नेपाल रुवा बासि ओतलाउने ठाउँ छैन,

पिरमाथि झन पिर थपियो सान्ति आउने भइन।
देशैभरि बर्खा मासमा पहिरोको खतरा भो,
रुँदै छ मेचि र कालि पिर भयो झन के के हुनि हो , 
ए मेरा दाजु र भाइ जुटौं पिरभाको बेला,
बेलैमा होस नपुराउँदा झन भयो अबेला ।

तारेभिरमा पहिरोले सतायो फेरि उस्तै , 
अन्तै सार ति जनतालाइ नछोड भुईंचालोमा जस्तै , 
सबैजना जुटौं अब एक अर्कालाइ पिर् पर्दा , 
मालामि नपाउने भयो आफ्नै मान्छेनि मर्दा ।

बर्खालाग्न सुरु भयो खै के के हुनि हो फेरि , 
यै बेलामा मौका छोप्लान शत्रु खोस्लान है मझेरि , 
लाग्नुपर्छ देश अनि जन्ताको ज्यान जोगाउन , 
मौका लिन आउलान पापि खोज्लान है लोभ्याउन ।

तेरो मेरो भन्ने हैन सबलाइ पिर परेको बेला , 
सरकारको ध्यान जाओस यसमा नहोस है अबेला , 
बिपत्तिमा जुट्नुपर्छ दाजु भाइ जहाँ भएपनि , 
सक्दो पहल गरौं आँशु पुछ्न गर्दै छु मैलेपनि ।

सन्तोष बजगाई 
नुवाकोट

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here