२०७२ असार ३ काठमाडाै
विहिबार बिहान ८ बजेर २४ मिनेटमा धादिङ केन्द्र भएर भूकम्पको पराकम्पन गएको छ । ४.१ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विहिबार बिहान ८ बजेर २४ मिनेटमा धादिङ केन्द्र भएर भूकम्पको पराकम्पन गएको छ । ४.१ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बुधबार मात्र २ घण्टाको फरकमा ४ पटक भूकम्पको धक्का महसुस भएका थिए । सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर बिहान ८ बजे ५.१ रेक्टर स्केलको पराकम्पन गएको थियो भने बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंलाई केन्द्र विन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्पन गएको थियो ।
त्यस्तै ६ बजेर १४ मीनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.२ रेक्टर स्केलको तथा सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ६ बजेर २६ मीनेटमा ४ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।
No comments:
Post a Comment