क्व्होलासोंथर गाउँपालिकाको मतगणना तीनदिन पछि सुरु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 17, 2017

क्व्होलासोंथर गाउँपालिकाको मतगणना तीनदिन पछि सुरु

http://rajdhanidaily.com/wp-content/uploads/2017/03/Mat-Petikaa.-1.png
पहिलो चरणको स्थानीय तह निर्वाचनको मतदान सकिएको ३ दिनपछि लमजुङको क्व्होलासोंथर गाउँपालिकाको मतगणना सुरु भएको छ । बैशाख ३१ गते आइतबार ५ बजे मतदान कार्य सकिएकोमा आज बिहान ११ बजेदेखि मात्र मतगणना सुरु भएको हो । क्व्होलासोंथर गाउँपालिकाका निर्वाचन अधिकृत यादवप्रसाद भुषालले सामान्य अवस्थामा मतगणना सुरु भएको बताउनुभयो । 
उहाँका अनुसार क्व्होलासोंथर गाउँपालिका १, बाट मतगणना सुरु गरिएको छ । क्व्होलासोंथर ३ को घले उत्तरकन्या मावि मतदान केन्द्रमा फर्जी मत हालेको भन्दै गाउँपालिकाका कांग्रेस उम्मेदवार रघुनाथ गुरुङले उजुरी दिएपछि मतगणना हुन सकेको थिएन । सो विवाद मिल्न नसकेपछि मतदान अनुगमनको टीमको मोबाइल अधिकृत र मतदान अधिकृतको प्रतिवेदन सहितको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पठाएको थियो । 

निर्वाचन आयोगले सो उजुरी माथि बुधबार छलफल गरेको र मतगणना अघि बढाउन जानकारी सहितको निर्देशन दिएपछि निर्वाचन अधिकृतले मतगणना प्रक्रिया अघि बढाएको हो । मतदान पूरा गरी मुचुल्का उठाएर केन्द्रमा ल्याइएको र निर्वाचन अधिकृतको कार्यालयमा बुझाएर निर्वाचन अधिकृतको कार्यालयले बुझिसकेपछि मतदान बैध प्रक्रियाबाट भएको ठहर गरेपछि मतगणना गर्न निर्णयात्मक निर्देशन दिइएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताउनुभयो । 
 निर्वाचन आयोगले निर्णयात्मक निर्देशन दिएपनि कांग्रेसका क्व्होलासोंथर गाउँपालिकाका प्रमुख उम्मेदवार रघुनाथ गुरुङले मंगलबार साँझ पत्रकार भेटघाट गरी पुन: मतदान गर्न पाउनुपर्ने माग राखेका छन् । कूल ७ हजार ८७ मतदाता रहेका क्व्होलासोंथर गाउँपालिकामा बैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा ५ हजार २ सय ५५ जनाले मतदान गरेका थिए । उक्त गाउँपालिकामा प्रमुखमा कांग्रेसबाट रघुनाथ गुरुङ र एमालेबाट प्रेमबहादुर घले चुनावी मैदानमा छन् । उपप्रमुखमा कांग्रेसबाट मनकुमारी गुरुङ र एमालेबाट कुमारी मुनी गुरुङ चुनावी मैदानमा छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here