दोलखाको पोवटीस्थित मतदान केन्द्रमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका ११ जनालाई साँझ काठमाडौं पठाइएको छ । सेनाको एमआई १७ हेलिकप्टरमार्फन उनीहरुलाई काठमाडौं लगिएको हो ।
घाइते ११ जनामा अधिकांशको घुँडामुनी गोली लागेको छ । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको चरिकोट अस्पतालका चिकित्सक विनोद दंगालले बताए ।
गोली लागि घाइते मोहनबहादुर बुढाथोकी, प्रकाश खत्री, निर्मल कोइराला, प्रविण बस्नेत, उद्धब बुढाथोकी, रामशरण ठकुरी, रोशन भुजेल, गुणराज बस्नेत, घलेन्द्र बुढाथोकी, भुवन थापा, नारायण बस्नेतलाई काठमाडौं लगिएको हो ।
No comments:
Post a Comment