सिन्धुली, जेठ ४ गते । सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति
९ः३० वजे नेकपा (एमाले)ले निकालेको विजय ¥यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना
घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।
घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि
घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् ।
घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते हुनुभएको स्थानीय जमुना अधिकारीले
जानकारी दिनुभयो ।
घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल
लाम्पान्टारबाट निकालिएको विजय ¥यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८
मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय ¥याली निकालिएको
थियो ।
No comments:
Post a Comment