कांग्रेसको निश्कर्षः चुनावमा सोचेजस्तो भएन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 18, 2017

कांग्रेसको निश्कर्षः चुनावमा सोचेजस्तो भएन

नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय चुनावमा परिणाम आफ्नो पक्षमा पार्न प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ । पहिलो चरणको चुनावमा अपेक्षा गरिएजस्तो परिणाम नआएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

चुनावको समीक्षा गर्दै आगामी रणनीति तय गर्न बिहीबार बिहान कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले भने, ‘अहिलेको परिणामको समीक्षा गर्‍यौं र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले हामीले प्रस्तुत हुनुपर्छ भन्ने कुराहरु भयो ।’

कोइरालाले पत्रकारहरुसँग भने, ‘अहिले मिश्रति चुनावी नतिजा छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भा’को छैन जस्तो देखिन्छ । यद्यपि अन्तिम परिणाम आउन बाँकी छ ।’

महामन्त्री कोइरालाका अनुसार संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने कोइरालाले जानकारी दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here