नवलपरासीको कावासोतीमा एमालेकी चन्द्रा पुनको जित - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 19, 2017

नवलपरासीको कावासोतीमा एमालेकी चन्द्रा पुनको जित

नवलपरासीको कावासोती नगरपालिकामा नेकपा एमालले जितेको छ । कावासोती नगरपालिकाको मेयरमा एमालेकी चन्द्रा पुन १३ हजार ४१ मत ल्याएर विजयी भएकी छिन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र पोखरेललाई ४४७ मतले हराइन् ।उनका प्रतिद्वन्द्वी पोखरेलले १२४९५ मत पाए ।
त्यसैगरी उपमेयरमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेका प्रेम शंकर थारु विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका खगिसरा गुरुङलाई झण्डै २१ सय मतले पराजित गरे । थारुले १३ हजार ४९५ मत ल्याएर उपमेयरमा विजयी भएका हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here