त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोकको प्रमुख र उपप्रमुखमा नेकपा
एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवारलाई रोक्दै एमाले
प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएको हो ।
गाउँपालिका प्रमुखमा विजयी एमाले उम्मेदवार भुपेन्द्र श्रेष्ठले २९०५ मत
पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतध्वज बोहरा २६७५ मै
रोकिए ।
उप प्रमुखमा २८४९ मतका साथ एमालेकी दुर्गा नेपाल विजयी भएकी छन् ।
कांग्रेसकी उपप्रमुख उम्मेदवारलाई २७०७ मतमा रोक्दै उनी जित दर्ता गराउन
सफल भएकी हुन् ।
No comments:
Post a Comment