दार्जिलिङमा सेना तैनाथ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 9, 2017

दार्जिलिङमा सेना तैनाथ

पश्चिम बंगाल राज्य सरकारले स्थिति थप तनावपूर्ण हुन नदिन दार्जिलिङमा सेना तैनाथ गरेको छ । तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ पुलिसले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो । प्रदर्शनकारी र सुरक्षाकर्मीहरु घाइते हुनुका साथै प्रदर्शनकारीले चार वटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमा तोडफोड तथा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

करिव ४५ वर्षपछि पहिलोपटक दार्जिलिङमा राज्य क्याविनेटको बैठक आयोजना गरिएको थियो । राजभवनमा बैठक चलिरहँदा प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए ।

गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्ट्रेसन (जीटीए) प्रशासनको इजाजतै नलिइ बैठक आयोजना गरिएको भन्दै मोर्चा अध्यक्ष तथा जिटिएका प्रमुख कार्यकारी बिमल गुरुङले भर्त्सना गरेका थिए ।
खासगरी बंगला भाषालाई राज्यका सबै स्कुलहरुमा अनिवार्य गरिने राज्य सरकारको निर्णयका कारण पनि दार्जिलिङका सर्वसाधारण आक्रोसित बनेका हुन् ।

बिहीबार सुरक्षाकर्मीबाट भएको ज्यादती विरुद्ध मोर्चाले आव्हान गरेको १२ घण्टे चक्का जामका कारण दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका नेपालीभाषी बाहुल्य सहरहरु प्राय: सुनसान बनेका छन् । यातायातका साधन, उद्योगधन्दा, स्कुल, कलेज, व्यापार व्यवसाय सबै ठप्प पारिएको मोर्चाका सहसचिव ज्योतिकुमार राईले जनाए । यसैबीच राज्य सरकारले जीटीएको प्रमुख सचिव रविइन्दर सिंहको स्थानमा वरूण रोयलाई नियुक्त गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here