गोलभेँडाबाट हुने फाइदाहरु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 3, 2017

गोलभेँडाबाट हुने फाइदाहरु

 https://www.thermofisher.com/blog/wp-content/uploads/2014/08/tomatoes.jpg
कपाल र छाला चम्काउँछ 
घामबाट आउने विकिरण, प्रदूषण आदिका कारण कपाल झर्ने, पातलो हुने, फुस्रो हुने र टुक्रिनेलगायत समस्या आउँछन् । साथै, छाला सुखा, रुखो र फुस्रो हुने गर्छ । गोलभेँडा खाँदा यसमा पाइने लाइकोपेन नामक तत्वले कपाल र छालालाई चम्किलो बनाइराख्छ । साथै, गोलभेँडा अनुहारमा दल्नाले यसले फेसियल क्लिन्जरको काम राम्रोसँग गर्छ ।

क्यान्सरको जोखिम घटाउँछ 
गोलभेँडामा पाइने लाइकोपेन नामक तत्वले शरीरमा क्यान्सरका कोषको विकास र विस्तार हुने क्रम कम हुने विभिन्न अनुसन्धानले देखाइसकेका छन् । खासगरी गोलभेँडा खानाले प्रोस्टेट र आन्द्राको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । गोलभेँडा जति पकायो, यसमा रहेको लाइकोपेनको मात्रा उति बढ्ने भएकाले गोलभेँडा फत्काएर अचार खाने गरिरहनुपर्छ ।

हड्डी बलियो पार्छ
गोलभेँडामा भिटामिन–के र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ ।

चुरोटको हानि कम गर्छ
चुरोट पिउने अथवा चुरोट पिउनेसँग निकटको सम्बन्ध हुने व्यक्तिको फोक्सोलगायत अंगमा समस्या उत्पन्न हुने गर्छ । यसलाई गोलभेँडामा पाइने काउमरिक एसिड र क्लोरोजेनिक एसिडले कम गरिदिन्छन् ।

रगत शुद्ध बनाउँछ
गोलभेँडामा भिटामिन–ए र भिटामिन–सीजस्ता एन्टी–अक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइन्छ । यसले रगतलाई शुद्ध बनाउँछ । गोलभेँडाको सलाद खायो भने शरीरमा भिटामिन–सीको आपूर्ति बढी हुन्छ ।

मुटुु बलियो बनाउँछ
गोलभेँडामा पाइने भिटामिन–ए, भिटामिन–बी, पोटासिमजस्ता तत्वले मुटुसम्बन्धी रोग लाग्ने जोखिम घटाउनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नसमेत दिँदैन ।

सुगर नियन्त्रण गर्छ
गोलभेँडामा क्रोमियम नामक तत्व पाइन्छ, जसले रगतमा सुगरको मात्रा बढ्नबाट जोगाउँछ । त्यही भएर डायबेटिजका रोगीले गोलभेँडा सकेसम्म बढी खाने गर्नुपर्छ ।

पाचनक्रिया बलियो बनाउँछ
गोलभेँडा खाने गर्नाले कब्जियत निको हुने र पाचन क्रिया बलियो हुने गर्छ । खाना खाइसकेपछि अन्त्यमा पाकेको एउटा गोलभेँडा खाने गर्नु राम्रो हुन्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ
गोलभेँडामा पाइने भिटामिन–ए र खनिजले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।

तनाव घटाउँछ
गोलभेँडामा भिटामिन–सी प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा रहेको स्ट्रेस हार्मोन कम गरी व्यक्तिलाई तनावरहित बनाउन मद्दत गर्छ ।

बोसो कम गर्छ
गोलभेँडा खाने गर्नाले शरीरमा कार्निटाइन नामक एमिनो एसिडको मात्रा बढ्छ र यसले शरीरमा रहेको अनावश्यक बोसो काट्ने गर्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here