विश्वका सय व्यक्तिमा डा.रुइत चयन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 3, 2017

विश्वका सय व्यक्तिमा डा.रुइत चयन



अल्वर्ट आइस्टाइन फाउन्डेसनले विश्वव्यापी दुरदृष्टि राख्ने संसारका एक सय प्रमुख व्यक्तिमा डा.सन्दुक रइत लाइ समेत मनोनयन गरेको छ । डा.रुइतले उक्त मनोनयनलाइ स्विकार गरेका छन् ।  आइनस्टिनले प्रतिपादित गरेका सापेक्षवादको सिद्घान्तको सय वर्ष पूगेको उपलक्ष्यमा अगामी पुस्ताका प्रतिभाशाली मस्तिष्कलाइ प्रेरित गर्न फाउन्डेसनले यस प्रकारको विश्वव्यापी पहल गरेको हो ।

‘यो हामी नेपालीको लागि धेरै गर्वको कुरा हो’, डा.रुइतले कान्तिपुरसँग कुरा गर्दे भने, ‘विश्वकै प्रतिष्ठित संस्थाले नेपालको कुनाकाप्चामा रहेको मजस्तो व्यक्तिलाई मनोनयन गरेर हाम्रो मुलुकलाइ समेत विश्व मानचित्रमा ल्याएको छ ।’

फाउन्डेसनको अनुसार डा.रुइतसहितका दुरदृटि राख्ने, प्रभावशाली व्यक्तित्व, चिन्तक, वैज्ञानिक, कलाकारलाई भविष्यको लागि आफनो परिकल्पना त्रिआयामी प्रकाशित (थ्रीडी प्रिन्टेड) पुस्तकको माध्यमले साझा गर्ने छन । डा.रुइतसँग समेत पुस्तकको लागि दुई सय ५० शब्दमा आफनो विचार व्यक्त गर्न भनिएको छ ।

यस्ता सय व्यक्तिमा आर्किटेक्ट फ्रैक गैरी, फिल्म निर्माता सर रिडली स्कट, प्रसिद्घ शिक्षक सर क्यान रोविन्सन, मायक्रोसफ्टका सह संस्थापक पोल एलन, सांगीतिक प्रतिभा वारवरा स्ट्राइसेन्ड, टाइम म्यागेजिनले हिरो घोषित गरेको सिल्विया अर्ल, नोवेल पुरस्कार विजेतालगायतका अन्य व्यक्तित्वहरु छन् ।

फाउन्डेसनको अनुसार यी प्रतिभाहरुलाइ अगामी सेप्टेम्वर ९ र १० तारिखमा मोन्ट्रियलमा एउटा बिशेष समारोहबीच सार्वजनिक गरिने छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here