लाँकुरीडाँडास्थित पहिरो खस्दा चारजना बेपत्ता - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 28, 2017

लाँकुरीडाँडास्थित पहिरो खस्दा चारजना बेपत्ता

 
 
 
दोलखाको भीमेश्वर नगरपालिका—९ लाँकुरीडाँडास्थित डाडाँगाउँमा गएराती पहिरो खस्दा चारजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डाडाँगाउस्थित कुतकुतेका मंगले थामीकी श्रीमती शान्ती, छोरीहरु १२ बर्षिया सन्तोषी, १० बर्षिया रोशनी र सोही स्थानकी ७९ बर्षकी लाटी थामी रहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मी राजेन्द्र मानन्धरले जनाएका छन् । 
 
लगातारको वर्षाले वडा— ९ का विभिन्न स्थानमा दोलखा जिल्ला जोड्ने लामोसाँघु जिरी सडक अवरुद्ध भएको छ । पहिरोले पतले वन क्षेत्रसमेत बगाएको छ । विभिन्न स्थानको पहिरोले एकदर्जन बढी घरका वासिन्दाहरुले बसाई छाडेर सरेका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले राती नै सुरक्षार्मीलाई परिचालन गर्न प्रहरी र सम्बन्धित सबैलाई जानकारी गराएको बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here