मिस मंगोल नेपालको नवौं संस्करणको उपाधि अनिता लामाले जितेकी छिन् । अनिताले विजेताका रूपमा नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् भने प्रतियोगितामा उनी पङ्चुयालिटी विधाको हकदार पनि भइन् ।
प्रतियोतिगामा फोटोजेनिक एवार्डसहित खुसी मगर फस्ट रनर्सअप तथा श्वेता थापा मगर सेकेन्ड रनर्सअप घोषित भए । मंगोल समुदायको जातीय पहिचान एवं सांस्कृतिक सेरोफेरो सञ्चालित यो प्रतियोगितामा २९ जना युवतीले प्रतिस्पर्धा गरेका थिए । सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्य रहेको प्रतियोगितामा वरिष्ठ चलचित्रकर्मी नीर शाह मुख्य निर्णायक थिए ।
एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित यो प्रतियोगितामा भूमिका थापा लिडरसिप, रेभा सुनुवार पर्सनालिटी, निशा लिम्बू बेस्ट हेयर, रेनुका लामा बेस्ट स्किन, निशा राई डिसिप्लिन, महिमा राई फ्रेन्डसिप, केट्रिन कुलुङ पब्लिक च्वाइस तथा करुणा पून मगर ट्यालेन्ट विधाका विजेता चयन भएका थिए । रोजिन शाक्यले कोरियोग्राफी गरेको यो प्रतियोगितात्मक कार्यक्रममा गायकद्वय राजेश पायल राई तथा धीरज राईले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
No comments:
Post a Comment