मधेशको माँग बिना हुने निर्वाचनकाे कुनै अर्थ छैन-उपेन्द्र महतो - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 11, 2017

मधेशको माँग बिना हुने निर्वाचनकाे कुनै अर्थ छैन-उपेन्द्र महतो

राष्ट्रीय जनता पार्टीका केन्द्रीय सचिव उपेन्द्र महतोले मधेशको माँग सम्बोधन बिना हुने निर्वाचन नै मधेश बिनाको नेपालको बिजारोपण हुने भन्नुभयो।   

पत्रकारहरूसँग कुरा गर्दै नेपालमा भएको सबै परिवर्तनमा मधेशीले काँधमा काँध मिलाएर आन्दोलन गरेको तर अधिकार जती खसआर्यले एकलौटी राखेको, मधेशलाई बराबरीको अधिकार दिनुको साटो नयाँ सम्बिधन झन निरंकुसता तर्फ गएको सचिव महतोले बताउनुभयो। काँग्रेस, एमाले र माओवादी  मधेशको बिषयमा एक मत रहेको आरोप लगाउनुभयो। मधेशको माँग जायज छ भन्ने तर बिभिन्न बहानामा सम्बोधन नगर्ने। आफ्नो स्वार्थमा काँग्रेस, एमाले र माओवादी  एकमत हुने, सहमती हुने तर मधेशीको सवालमा बिमती देखाउने, एकमत नहुने। फेरी अहिले मधेशीको मत ठग्न काँग्रेस, एमाले र माओवादी  चुनाव पछी संबिधान संसोधन गर्ने झुटा आश्वासन दिरहेको महतोले आरोप लगाउनुभयो। 

महतोले मधेशीहरूको धैर्यको बाँध टुट्दै गईरहेको यो देशकोलागी हितकर नभएको बताउनुभयो। चुनाव पछी संसोधन गर्छुभन्ने काँग्रेस, एमाले र माओवादी  यदी ईमान्दार छ भने चुनाव पहिले नै संबिधान संसोधन किन नगरेको भनेर प्रश्न गर्नुभयो। मधेशीले यही सिमा भित्र आफ्नो अधिकार खोजेको तर शासकवर्गले मधेशीलाई धकेल्दै धकेल्दै मधेशको माँग संबोधन बिना निर्वाचन गराए देशको लागी दुर्भाग्य हुने र मधेशको माँग सम्बोधन बिना हुने निर्वाचन नै मधेश बिनाको नेपालको बिजारोपण हुने पनि बताउनुभयो। तसर्थ अब काँग्रेस, एमाले र माओवादीले लिने निर्णयमा नेपालको भविष्य निर्धारण हने पनि पत्रकारहरूसँग कुरा गर्दै  उपेन्द्र महतोले बताउनुभयो।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here