जहाज भाडामा दिन दुई कम्पनी इच्छुक - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 9, 2017

जहाज भाडामा दिन दुई कम्पनी इच्छुक

 नेवानिलाई जहाज भाडामा दिन दुई कम्पनी इच्छुक


नेपाल वायु सेवा निगमलाई जहाज भाडाका दिन दुई एयरलाइन्स कम्पनीले रुचि देखाएका छन् । जहाज भाडाका लागि निगमले गरेको दोस्रोपटक गरेको टेन्डरमा भुटान एयर (तासी ग्रुप) र युक्रेनको स्टार एभिएनसले जहाज भाडामा दिन इच्छुक रहेको प्रस्ताव पेस गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।
निगमले ४५ दिनदेखि दुई महिनासम्मको अवधिका लागि मात्रै जहाज भाडाका मागेको थियो ।

जहाज भाडामा दिन तयार रहेका दुई कम्पनीको मूल्यांकन तत्काल सुरु हुने र कम्पनी छनोट गरिने उहाँले जानकारी दिनुभयो । यसअघि निगमले वैशाख २५ गतेको सिमा राखेर गरेको पहिलो टेन्डरमा भने कुनै पनि कम्पनीले प्रस्ताव पेस गरेनन् । निगमले सुरुमा एयरबसको ३२० सिरिज जहाज भाडाका खोज्दै टेन्डर गरे पनि कसैले चासो नदेखाएपछि भने ३१९, ३२० वा ३ सय २१ जुनसुकै भए पनि हुने भन्दै टेन्डर गरेको थियो । तर जहाज १५ वर्षभन्दा पुरानो भने हुन नहुने सर्त टेन्डरमा उल्लेख थियो ।
 
निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएको पुरानो एउटा बोइङ लिलामी प्रक्रिया र अर्को मर्मत गर्नुपर्ने समय आएको भन्दै जहाज भाडाका माग गरेको थियो । जहाज भाडाका लिएर निगमले क्वालालाम्पुर, दोहा, दिल्ली, बैंगलोर जस्ता गन्तव्यमा उडाउने गर्ने योजना बनाइसकेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि अहिले दुईवटा न्यारो बढी विमान र एउटा बोइङ मात्रै छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here