जिल्लास्थित एक गाउँपालिकामा अध्यक्षका
लागि दुई जना मात्रै प्रतिस्पर्धी भएका छन् । बाँकी सबैमा तीनभन्दा बढी छन्
। उपाध्यक्षमा भने तीन प्रतिस्पर्धी छन् ।
जिल्लाको पूर्वी सिदिङवा गाउँपालिकामा कांग्रेसका नरबहादुर कडरिया र एमालेका मानबहादुर राईले मात्रै मनोनयन दर्ता गराएका हुन् । उनीहरू दुवै गाविस पूर्वअध्यक्ष हुन् । कडरियाले मेहेले र राईले सादेवा गाविसमा अध्यक्षको भूमिका निर्वाह गरेका थिए । अहिले मेहेले, सादेवा, कालीखोला, आङखोप, साब्लाखु, लिम्बुदिन र सुरुमखिम गाविस मिलाएर गाउँपालिका बनाइएको छ । कडरियाले २०४८ र ५४ का दुवै र राई ५४ को निर्वाचनमा अध्यक्ष भएका थिए । यहाँ कांग्रेसले माओवादी र एमालेले संघीय लिम्बुवान मञ्चसँग तालमेल गरेका छन् । उपाध्यक्षमा माओवादीले जीवनकुमार ताम्लिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले देउबहादुर लिम्बू खुदाङ र नयाँ शक्तिले कमलप्रसाद निरौलालाई उठाएको छ । यो गाउँपालिकामा ७ हजार ३ सय ८८ मतदाता छन् ।
प्रमुख र उपप्रमुखमा जिल्लाको सबैभन्दा बढी उम्मेदार फक्तालुङ गाउँपालिकामा छन् । यहाँ छ/छ जनाले अध्यक्ष र उपाध्यक्षका लागि मनोनयन दर्ता गराएका हुन् । कांग्रेसका मनिप्रसाद लिम्बू, एमालेका सरोज लिम्बू, माओवादी केन्द्रका लक्ष्मीप्रसाद लिम्बूले उम्मेदारी दर्ता गराएका छन् भने प्रजातन्त्र पार्टीका टीकामाया लिम्बू, नयाँ शक्तिका श्रीप्रसाद लिम्बू र राष्ट्रिय जनमुक्ति पार्टीका मोतीलाल लिम्बूले उम्मेदवारी दिए ।
यस्तै उपाध्यक्षमा कांग्रेसका युडेन, एमालेका फूलमाया लिम्बू, माओवादीका तारादेवी लिम्बू, राप्रपाका नवीन लिम्बू, जनमुक्तिका सीताकुमारी लिम्बू र नयाँ शक्ति पार्टीका सावित्रा विष्टले उम्मेदारी दिएका छन् । सिरिजंघा, मेरिङदेन, याङवरक र आठराई त्रिवेणी गाउँपालिकामा अध्यक्षमा तीन/तीन जनाको उम्मेदवारी परेको छ । आठराईमा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनै दलले उठाएका छन् भने मेरिङदेनमा कांग्रेस, एमाले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उम्मेदवारी दिएका छन् । सिरिजंघामा पनि कांग्रेस, एमाले र माओवादी केन्द्र नै प्रतिस्पर्धामा छन् ।

No comments:
Post a Comment