गृह मन्त्रालयले जनताका गुनासा प्रत्यक्ष
सुन्न र सुझाब संकलनका लागि ‘हटलाइन’ सेवा सुरु गर्न लागेको छ । ४ अंकको
हटलाइन नम्बर सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको मन्त्रालयका प्रवक्ता
दीपक काफ्लेले जानकारी दिए । उनका अनुसार अाजबाटै हटलाइन सेवा सुरु
हुनेछ ।
‘जनतासँग गृहमन्त्री’ भन्ने नाराका साथ हटलाइनको सुविधा विस्तार गर्न लागिएको मन्त्रालयले जनाएको छ । आम नागरिकका गुनासा सुनुवाइ गरी तत्काल दोषीलाई कारबाही गर्न हटलाइन सुविधा विस्तार गर्न लागिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सेवा ७ घन्टा
पहिलो चरणमा हटलाइन सेवा ७ घन्टा खुला रहनेछ । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म आम नागरिकले गृहमन्त्रीसमक्ष आफ्ना गुनासा राख्न पाउनेछन् । जनशक्ति अभावका कारण कार्यालय समयावधिभरि मात्र खुला गर्ने गरी सेवा सुरु गर्न लागिएको हो । सेवा प्रभावकारी भए २४ सै घन्टा खुला राख्ने योजना मन्त्रालयको छ ।

No comments:
Post a Comment