१ अर्ब भन्दा बढी मुल्यको रुख कटान - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 11, 2017

demo-image

१ अर्ब भन्दा बढी मुल्यको रुख कटान

Responsive Ads Here
जिल्लामा स्थानीयले संरक्षण गरेको १ अर्ब भन्दा बढी मुल्यको रुख कटान गरिएको छ । बुढा र छिप्पीएका रुख हटाउन र नयाँ बिरुवा हुर्काउन भन्दै नवलपरासीमा गत चैतदेखि यता ८ हजार रुख काटिएको हो । काटिएकोमा ८० प्रतिशत सालका रुख रहेका छन् । जिल्लामा स्थानीय समुदायले संरक्षण गरेका १६ वटा सामुदायिक वन र तीनवटा राष्ट्रिय वनवाट त्यति परिणामको रुख कटान गरिएको हो । यहाँको १० हजार हेक्टर वनमा गरिएको कटानवाट ३ लाख २५ हजार १ सय २७ क्यूफिट काठ निकालिएको छ । यो अहिले सम्मकै धेरै हो । बजारमा प्रति क्यूफिट सालको चिरान काठको मुल्य ५ हजार देखि ५५ सयसम्म पर्दछ । गत चैतवाट शुरु गरिएको कटानवाट अहिलेको बजार मुल्य अनुसार एक अर्ब ८० करोडको काठ बिक्रि भएको छ । 
 
एकैपटक ठुलो परिमाणमा काठ बजारमा पठाउँदा बजार मुल्य समेत प्रभावित पार्ने भएको छ । हाल मलेसियावाट आयात हुदै आएको ठुलो परिमाणको काठ रोक्न वन कटान गरिएको भनिएपनि मेलेसियन काठ आउन भने रोकिएको छैन । वन अधिकारीहरुले मलेशियन काठ नेपालको बजार मुल्यमा सस्तो पर्ने भएकाले आयात गर्नेहरुले बढि नाफा कमाउन त्यहाको काठ भित्राउने गरेको दाबी गरेका छन् । वनमा हुर्किएका सयौं वर्ष पुराना र नबढे रुख कटान गरेर ती स्थानमा नयाँ रुख, बिरुवा हुर्काउन (बैज्ञानिक वन ब्यबस्थापन गर्न) धमाधम रुख काटिएको हो । जिल्ला वन र स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीको संयुक्त कार्ययोजना अनुसार वनमा बाक्लिएर नबढ्ने खालका रुख निकालिएको हो । 
 
हाल प्रतिहेक्टर वनमा औसतमा ५० देखि ६० वटा रुख रहेको छ । नयाँ ब्यबस्था अनुसार रुख हटाउँदा प्रतिहेक्टर १७ देखि २० वटा मात्र रुख रहन्छ । जिल्ला वन अधिकृत बिजय राज सुवेदी तराइको वनमा सयौं वर्ष पूराना र नबढ्ने रुख कटाएर नयाँ रुख बढाउने सरकारी नीति अनुसार रुख कटान गरिएको बताउँछन् । उनले आउँदो कात्तिकमा फेरी कम्तिमा साढे ३ लाख क्यूफीट काठ निकाल्ने र त्यतिकै संख्यामा रुख काटिने जानकारी दिए । ८० वर्षे गुरु योजना बनाएर सामुदायिक वनबाट धमाधम रुख काटिएको हो । ‘पुराना, बुढा रुखहरु नबढ्ने भएकाले त्यस्ता रुख राखेर र्आिर्थक फाइदा लिन सकिदैन वातावरणीय हिसावले पनि पुराना रुख हटाउदा वनमा प्रकाश सजिलो गरि छिर्ने र नया बिरुवा छिटो बढ्ने हुन्छ ।
 
’ जिल्ला वन अधिकृत सुवेदी भन्छन, ‘रुख कटानले बजार माग नियन्त्रणमा सघाउछ भने सामुदायिक वनको आम्दानी पनि बढ्छ ।’ सामुदायिक वनमा कटान गरिएको रुखको आम्दानी वन उपभोक्ता समितिहरुले नै प्रयोग गर्न पाउने भएका छन् । काठ दाउरा बिक्रीवाट हुने आम्दानीको ५० प्रतिशत रकम वन बिकासमा खर्च गर्ने नियम छ भने ३५ प्रतिसत रकम सामाजिक बिकासमा र १५ प्रतिसत रकम सामुदायिक वन उपभोक्ताहरुको कार्यालय संचालनमा खर्च गर्न पाउने ब्यबस्था रहेको छ । एउटै सामुदायिक वनमा काठ बिक्रिवाट ५ देखि ९ करोड सम्म नगद जम्मा हुने भएपछि स्थानीयहरु हौसिएका छन् । वर्षभरीमा सामुदायिक वनवाट काठ दाउरा बिक्रि गरेर २० , २५ लाख सम्म जम्मा हुने गरेको सामुदायिक वनमा एकै पटक ठुलो रकम आम्दानी हुने भएपछि त्यसको परिचालन र उपयोग प्रयोग कसरी हुन्छ भन्ने चिन्तापनि शुरु भएको छ । यता सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष ठाकुर पाण्डे बैज्ञानीक वन ब्यबस्थापनको नाममा बन जंगल फडानीले समुदायलाई नोक्सानी पुग्ने बताउँछन ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *