आइतबार राति बगाएको जिप घटनास्थलबाट करिब १५ मिटर पर हिलोमा गाडिएको अवस्थामा फेला - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 11, 2017

demo-image

आइतबार राति बगाएको जिप घटनास्थलबाट करिब १५ मिटर पर हिलोमा गाडिएको अवस्थामा फेला

Responsive Ads Here
जिल्लाको पूर्वी भेगस्थित अरुण खोलाले बगाएका एक बालकको १५ घण्टापछि उद्धार गरिएको छ । बाढीले बगाएर खोलाको बीच भागमा अलपत्र परेका उनको मंगलबार जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडाका १० वर्षीय रजिन सुनारीलाई खोलाले बगाएको थियो । सोमबार दिउँसो पौडी खेल्न गएका सुनारीलाई एक्कासि पानीको वहाव बढेपछि खोलाले बगाएको स्थानीयले बताए । 
 
बगाएर २ सय मिटर पर लगेपछि उनी खोलाको बीच भागमा रहेको ढुंगाको सानो थुप्रोमा अडिएकाले उद्धार गर्न सहज भएको प्रहरीले जनाएको छ । जिप भेटियो, मान्छे फेला परेनन् तिनाउ खोलाको बाढीले चार यात्रुसहित बगाएको जिप सोमबार फेला परेको छ । तानसेन–९ र माथागढी–३ जोड्ने कल्भर्टबाट आइतबार राति बगाएको लु१ज १२१७ नम्बरको जिप घटनास्थलबाट करिब १५ मिटर पर हिलोमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिपसँगै हराएका चार यात्रु भने अझै बेपत्ता छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *