कोरियामा एक नेपाली युवकको मृत्यू - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 12, 2017

कोरियामा एक नेपाली युवकको मृत्यू

रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका एक नेपाली युवकको बुधवार विहान ज्यान गएको छ । कोरियाको जेजुस्थित तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीको ज्यान गएको हो । झण्डै दुइ महिना अघि कोरिया आएका अन्दाजी २६ बर्षीय पंगेनीको मृत्यु भएको जानकारी जेजु प्रहरीले राजधानी सोलस्थित नेपाली दुतावासलाई दिएको छ । 

पंगेनीको मृत्यु भएको जानकारी दूतावासले नेपालमा रहेका उहाँका परिवारलाई पनि दिएको छ । कृषि क्षेत्र अन्तर्गतको घोडा हेर्ने तबेलामा अन्य एक नेपाली पनि कार्यरत रहेको बुझिएको छ । कोरियामा पछिल्लो समय डिप्रेसनमा परेर आत्महत्या, कार्यस्थल दुर्घटना, सडक दुर्घटना, सुतेको अवस्थामा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । 
 
सन २००८ यता विभिन्न घटनामा परी एक सय २० भन्दा बढी नेपालीले ज्यान गुमाइसकेका छन् । औद्योगिक दुर्घटनामा परी सयौ अंगभंग भएका छन् । नेपालमा रोजगारीको प्रर्याप्त अवसर र आफ्नो योग्यता अनुसारको जागिर नपाउदाँ दैनिक हजारौ नेपाली युवा विदेशिन बाध्य भएका छन् भने दैनिक दुइ तीन जनाको शव नेपालमा भित्रिने गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here