नेपाल प्रहरीमा एआइजीको पद ३ बाट ११ पुरयाए - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 12, 2017

demo-image

नेपाल प्रहरीमा एआइजीको पद ३ बाट ११ पुरयाए

Responsive Ads Here
गृह मन्त्रालयको नेतृत्व सम्हालेपछिका हरेक कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माको थेगै बन्यो, ‘सुरक्षा संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउँछु।’ हरेक कार्यक्रममा उनले आफूले पनि हस्तक्षेप नगर्ने बाचा गरे।  तर उनको  बाचा एक महिना पनि टिकेन। नेपाल प्रहरीमा एआइजीको तीन पद राख्ने सुशील कोइराला सरकारको निर्णय उल्टाउँदै उनले सोमबार ११ पुरयाए । प्रहरीलाई संघीय संरचनामा लैजाने बहानामा गृहको प्रस्ताव मन्त्रिपरिषद्ले सदर गरयो । तर गृहले संघीय संरचनाको टुंगो लगाएको छैन ।

सुरक्षा संगठनलाई संघीय संरचनामा लैजान पूर्वआइजीपी कुवेरसिंह रानाको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन पेस गरेको एक वर्ष बित्यो । गृहका एक अधिकारीका अनुसार संघीय संरचनाबारे छलफल चलिरहे पनि कस्तो संरचनामा लैजाने भन्ने निर्णय भइसकेको छैन । गृह भने एआइजी बढुवा भने तत्काल गर्ने तयारीमा छ ।
संरचना टुंगो नै नलगाई पहिल्यै एआइजीको भीड बढाउने सरकारी निर्णय आफ्नालाई बढुवा गर्ने उद्देश्यले भएको देखिन्छ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय कोइराला सरकारले खारेज गरेका चार पद थपेर पुरानै सात कायम गर्ने पक्षमा थियो ।

गृहले प्रारम्भमा सोहीअनुसारको गृहकार्य गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले संख्या बढाउन निर्देशन दिएपछि गृहमन्त्रीले ११ पद बनाएका हुन् । प्रहरीमा डिआइजीको संख्या २६ हो, त्यसमा ४ पद रिक्त छन् भने बढुवा मितिका आधारमा पाँच समूहमा २४ जना कार्यरत छन् । पहिलो समूहमा तीन, दोस्रोमा १०, तेस्रोमा ५, चौथोमा १ र पाँचौं समूहमा तीन डिआइजी छन् । 

पहिलो तहमा नवराज सिलवाल, जयबहादुर चन्द, बमबहादुर भण्डारी छन् । दोस्रोमा पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुप्रसाद पुडासैनी, माधवप्रसाद जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधव नेपाल छन् ।

यसैगरी तेस्रो समूहमा रणबहादुर चन्द, हेमन्तबहादुर पाल, गोविन्दप्रसाद निरौला, रोमेन्द्रसिंह देउजा र विजयकुमार भट्ट छन् । चौथोमा सुदीप आचार्य छन् भने पाँचौं समूहमा गणेश केसी, केदारमानसिंह भण्डारी र रमेशकुमार भट्टराई छन् ।

११ जना बनाउँदा तेस्रो समूहका पाँचजना समेत छुन्छ । प्रधानमन्त्री देउवा क्षेत्र विशेषका आधारमा सुदूरपश्चिमबाट बढी प्रभावित देखिन्छन् । एआइजी पद ३ बाट बढाएर ११ पुरयाए पछि सुदूरपश्चिमका ६ जना डिआइजी प्रतिस्पर्धी बन्न पाउनेछन् ।

तेस्रो समूहमा सुदूरपश्चिमका तीन डिआइजी चन्द, पाल र भट्ट छन् । स्रोतका अनुसार देउवाले तेस्रो समूहको अन्तिम सूचीमा रहेका डिआइजी भट्टको बढुवामा बढी चासो राखेका थिए । उनकै जोडबलमा संरचना बन्नुअगाडि नै संख्या ११ पुरयाएको स्रोतले बतायो ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *