कुर्मी समाजद्धारा एसएलसी पास विद्यार्थीको सम्मान गर्ने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 1, 2017

demo-image

कुर्मी समाजद्धारा एसएलसी पास विद्यार्थीको सम्मान गर्ने

Responsive Ads Here
 
kurmi-photo
 
 
बीरगंज । कुर्मी समाजद्धारा नारायणी अञ्चल स्तरिय एसएलसी पास विद्यार्थीहरुलाई अषाढ ३१ गते सम्मान कार्यक्रम गर्ने भएको छ । कुर्मी सशक्तिकरण मञ्च पर्सा जिल्लाले आयोजना गर्ने उक्त सम्मान कार्यक्रममा २०७३ साल एस.ई.ई. (एसएलसी) ग्रेड २.५ जिपिए भन्दा बढि श्रेणीमा उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई मात्र समावेश गर्ने समाजका अध्यक्ष संतोष पटेलले बताए ।
 
कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष संतोष पटेलको सभापतित्वमा मञ्चको बीरगंज पानीटंकी स्थित रहेको मिनिल्याण्ड उच्च माध्यमिक विद्यालयमा सम्पन्न बैठकले यहि असार ३१ गते कुर्मी समाजका नारायणी अञ्चलभरीका विद्यार्थीहरुलाई सम्मान गरिने साथै सोही कार्यक्रममा एसएलसी परिक्षामा डिक्टिनशन ल्याउने छात्राहरुलाई निःशुल्क साईकल आफनो तर्फबाट वितरण गरिने राजपा नेपालका केन्द्रिय सदस्य एवं सांसद रमेश कुर्मीले बताए । साथै बैठकमा बोल्दै कुर्मी सशक्तिकरण मञ्चका केन्द्रिय उपाध्यक्ष एवं नेपाली काँगे्रस पर्साका प्रभावशाली नेता रामरुप कुर्मीले एक थान कम्प्युटर कार्यक्रमको दिन मञ्चलाई दिने घोषणा गरेका थिए । 
बैठकमा कुर्मी धर्मशाला पर्साका अध्यक्ष सुरेन्द्र कुर्मी, राजपा महासचिव शिव पटेल, शिक्षा प्रेमी लालबाबु पटेल, मञ्च पर्साका वरिष्ठ विशेश्वर पटेल, उपाध्यक्ष राजेश पटेल, पुर्व अध्यक्षहरु, क्षेत्रिय अध्यक्षहरु, नगर अध्यक्ष, जिल्ला, क्षेत्र एवं नगरका पदाधिकारी सदस्य एवं समाजका अगुवाहरुका उपस्थिति रहेको थियो । 
 
एसएलसी पास विद्यार्थीहरुको सम्मानमा यहि असार ३१ गते टाउन हलमा मञ्चले विशेष विशेष कार्यक्रमका बीच गरिने छ । बैठकको सहजीकरण जिल्ला सचिव अनुराग पटेल एवं स्वागत मन्तब्य कोषाध्यक्ष पन्नालालले गरेका थिए ।
cleardot

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *