चट्याङ लागेर भेडा मरेपछि किसानलाई जिल्ला पशु सेवा कार्यालयद्वारा क्षतिपूर्ति उपलब्ध - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 7, 2017

demo-image

चट्याङ लागेर भेडा मरेपछि किसानलाई जिल्ला पशु सेवा कार्यालयद्वारा क्षतिपूर्ति उपलब्ध

Responsive Ads Here
म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका–१ गुर्जामा गत वर्ष चट्याङ लागेर भेडा मरेपछि ठूलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ । गत वर्ष साउन ३१ गते गुर्जाको पुरानो बुकी लेकमा रहेको भेडीगोठमा चट्याङले ९५ वटा भेडा मरेका थिए । 

चट्याङ लागेर करिब रु नौ लाख बराबरको भेडा मरेपछि ठूलो क्षति व्यहोरेका किसानलाई राहतस्वरुप एकमुष्ट रु एक लाख ६५ हजार क्षतिपूर्ति रकम उपलब्ध गराएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पशुपक्षी विकास मन्त्रालयले पठाएको रु ९० हजार क्षतिपूर्ति रकममा कार्यालयले रु ७५ हजार थप गरी किसानलाई उपलब्ध गराएको हो । सो रकम सामुदायिक खर्क विकास केन्द्रका अध्यक्ष तथा भेडापालक कृषक रामबहादुर छन्त्यालमार्फत किसानलाई उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ ।

सो क्षतिपूर्ति रकमलाई एउटा भेडाबाख्रा मरे बराबर रु एक हजार ७३७ का दरले किसानलाई राहतस्वरुप उपलब्ध गराउने अध्यक्ष छन्त्यालले बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *